त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले प्रत्येक यात्रुलाई तीनजना मात्र हेर्न र उठाउन पाउने गरी नयाँ नियम लागु गरेको छ ।
अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल भवन बाहिर ठूलो भीड जम्मा भएपछि विमानस्थल सुरक्क्षा समितिले यस्तो निर्णय गरेको हो ।
विमानस्थलमा सीमित ठाउँ र भीडले ट्राफिक व्यवस्थापनमा चुनौती खडा गरेको छ भने दुर्घटनाको जोखिम बढेको छ ।
बढ्दो भीडभाडले यात्रु सेवामा नकारात्मक असर परेको र यात्रु ओसारपसार गर्ने क्षेत्रमा दुर्घटनाको जोखिम बढेको समितिले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्