नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले गुरुङलाई नक्सालस्थित निवासबाट आज पक्राउ गरेको हो ।
गुरुङमाथि ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको आरोप छ । यसअघि उनी फरारको सूचीमा थिए ।
यसैबीच प्रहरीले ललिता निवास जग्गा प्रकरणमा आज थप चार जनालाई पक्राउ गरेको छ ।
अनुसन्धानका लागि सिआइबीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई पक्राउ गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्