राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवादेखि हङकङ सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गर्दै आएको निगमले भैरहवाबाट हङकङ उडान पनि गर्ने भएको छ ।
त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले विश्व प्रसिद्ध लुम्बिनीलाई हङकङसँग हवाईमार्गबाट जोडेर उडान विस्तार गर्न लागेको निगमले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्