आईसीसी विश्वकप छनोटको सातौं स्थानको प्लेअफको सेमिफाइनलमा नेपालले आइतबार प्रतिद्वन्द्वी युएईसँग खेल्दैछ । खेल हरारेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
सुपर सिक्स चरणमा नपुगेका चार टोली अझै जिम्बावेमा छन् र प्लेअफमा सातौंदेखि दशौं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह चरणका चारमध्ये तीन खेल गुमाएपछि नेपाल प्रतियोगिताको सुपर सिक्समा पुग्न सकेन ।
अर्को प्लेअफ खेलमा आयरल्याण्डले अमेरिकाको सामना गर्नेछ । यो खेलको विजेताले नेपाल र युएईको विजेतासँग सातौं स्थानमा रहने टुंगो लगाउनेछ ।


















प्रतिक्रिया दिनुहोस्