काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सरकारी विद्यालयका शिक्षकले सरह तलब पाउने व्यवस्था मिलाउन निजी विद्यालयलाई निर्देशन दिएका छन् ।
आज सामाजिक सञ्जालमार्फत् मेयर शाहले निजी विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलब नपाए काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
महानगरमा सञ्चालित निजी विद्यालयका शिक्षकले तलब लिएको गुनासो नगरमा आइरहेको उनले बताए ।
तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको उनले बताए ।
यस्तै काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।
उनले थप, सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ ।


















प्रतिक्रिया दिनुहोस्