नेपालमा सट्टेबाजी वेबसाइटको प्रवर्द्धन गरेको आरोपमा व्यक्तिहरू विरुद्ध मुद्दा दायर गरिएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 10, 2023 10-Jul-2023, Mon
1 Min Read
Aa
kalakaar pakrau

सट्टेबाजी गर्ने वेबसाइट १ एक्सबेटको प्रवद्र्धन गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ र राजु पौडेलविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्ती मगर, एलिस राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरेविरुद्ध मुद्दा दर्ता गरेको हो । तर, घटनामा संलग्न एक जना भने अहिले फरार छन् ।

उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल राष्ट्र बैंक ऐन, २००२ विपरीत कसुर गरेको आरोप लगाएको छ ।

उनीहरुले करिब ६४ करोड ९४ लाख २० हजार रुपैयाँ हिनामिना गरेको सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ । ऐनको दफा ९५ अनुसार उक्त रकमको तीन गुणासम्म जरिवाना र सात वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।

उनीहरु विरुद्ध विज्ञापन नियमन ऐन २०१९ बमोजिम मुद्दा दायर गरिएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja