ललिता निवास जग्गा प्रकरणः सञ्चार सचिवसहित २ पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 10, 2023 10-Jul-2023, Mon
1 Min Read
Aa
ललिता निवास प्रकरण

ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

आइतबार समरजुङ कम्पनीका पूर्व प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मुद्दामा संलग्न रहेको भन्दै ४ सय ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

११२ रोपनी (करिब १५ एकड जग्गा) जग्गा हिनामिना प्रकरणमा प्रहरीले चार वटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja