काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन गर्ने भएको छ ।
आज एक सूचना जारी गर्दै त्यसका लागि महानगरले आजदेखि अनलाइन आवेदन खोलेको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले शैक्षिक सत्र २०८०/८१ को छात्रवृत्तिका लागि आजदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन खुला गरेको छ ।
छात्रवृत्तिका लागि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक विषयको परीक्षा लिइने शिक्षा विभागले जनाएको छ ।
परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित एक सय बहुविकल्पीय प्रश्न सोधिने सूचनामा उल्लेख छ ।



















प्रतिक्रिया दिनुहोस्