सरकारले आर्थिक वर्ष २०२३/२४ देखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै टिकटको मूल्य ६ प्रतिशतले बढाइने भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघसँग आवद्ध सबै कम्पनीले सरकारको आदेशबमोजिम भ्याटमा दर्ता गराएको स्रोतले जनाएको छ ।
सरकारले वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट लिने गरेको छ ।
यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । त्यसकारण कम्पनीहरूले भ्याटमा दर्ता गराउनु अनिवार्य थिएन। अब सबै कम्पनी भ्याटमा दर्ता हुनुपर्नेछ ।


















प्रतिक्रिया दिनुहोस्