दर्शकलाई हात हानेको आरोपमा ३ भलिबल खेलाडी निलम्बित

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 16, 2023 16-Jul-2023, Sun
1 Min Read
Aa
nepal army vollyball

नेपाल भलिबल संघ (एनभीए)ले दर्शकमाथि हात राखेको आरोपमा नेपाली सेनाका तीन खेलाडीलाई कारबाही गरेको छ । तीनै खेलाडी निलम्बनमा परेका छन् ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा गण्डकी प्रदेशविरुद्धको खेलमा धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवर स्ट्यान्डमा गएर दर्शकमा हात हालेका थिए ।

अनुशासन नमानेको भन्दै संघले भट्टलाई ६ महिना र विष्ट र कुँवरलाई तीन–तीन महिनाका लागि निलम्बन गरेको छ ।

निलम्बनमा परेका खेलाडीले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन् । तर, दुर्गा खड्कालाई चेतावनी दिएर छोडियो ।

जसका कारण हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट हटाइयो । आफ्ना खेलाडीलाई नियन्त्रणमा राख्न नसकेका थापा राष्ट्रिय टोलीको कप्तान हुन अयोग्य रहेको संघको विश्वास छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja