चितवन समाज युकेको Summer meet & greet कार्यक्रम भब्यताका साथ सम्पन्न

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 16, 2023 16-Jul-2023, Sun
4 Min Read
Aa

चितवन समाज युकेको ९ जुलाई २०२३ को दिन आयोजना गरिएको कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ | सो कार्यक्रममा चितवनबासिहरुको उत्साहजनक उपस्थिति थियो | लन्डनको चाल्टनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गर्नु भएको थियो| कार्यक्रम संयोजक तथा  उपाध्यक्ष नारायणी   लामिछनेले स्वागत मन्तब्य दिनु भएको थियो | कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ बेलायतका उपाअध्यक्ष एवं अध्यक्षका प्रत्यासी डा.नारायण कंडेलले गर्नु भएको थियो। आफ्नो मन्तव्यमा डा.कंडेलले सरल रुपबाट गैरआवासीय नेपाली नागरिकता पाउनको लागी बिध्यमान नेपाली कानुन परिवर्तन गर्न आवस्यक रहेको र यसको लागी उपयुक्त पात्र अहिलेका उम्मेदवारहरुमा आफु मात्र रहेको उल्लेख गर्नु भएको थियो | Society of nepaleae professional UK का अध्यक्ष ई बिष्णु प्रसाद न्यौपानेले बिध्यमान NRNA सिटिजनसिपको बारेमा अली सतर्क हुनुपर्ने धारणा ब्यक्त गर्नु भएको थियो | नियममा कानुनमा उल्लेख भयपनी काम गर्दा तेस्लाई पूर्ण रुपमा लागु नगर्दा घरजग्गा लेनदेन तथा कामको सिलसिलामा गैर आवसीय नेपालीहरुले झमेला बेहोर्नु परेको उल्लेख गर्नु भएको थियो | तेस्तै चितवन समाज युकेका संरक्षक शान्त बिनोद लामिछने, गैर आवसीय नेपाली संघ युकेका उपाध्यक्ष तथा महासचिबका प्रत्यासी कृष्ण खरेल, उपाध्यक्ष लीलाराम न्यूरे, सदस्य राम थापा र क्याट युकेका पूर्व अध्यक्ष राजेन्द्र खरेलले चितवन समाज युकेलाई शुभकामना ब्यक्त गर्नु भएको थियो | सो कार्यक्रममा अतिथीहरु पशुपतिनाथ मन्दिरका अध्यक्ष दाशुराम पाण्डे, गैर आवसीय नेपाली संघ इजराइलका पूर्व अध्यक्ष यम गुरुङ, गलकोट समाजका अध्यक्ष भोजराज कंडेल, बेकस्ली समाजका पूर्व अध्यक्ष आनन्द धरेल, Merging Nepsoc’s का अध्यक्ष पवन कंडेल, जनसंपर्क समिति युकेका उपाध्यक्ष सुरज केसी, एनआरएन युकेका पूर्व महासचिब फडिन्द्र भट्टराई, प्रबासी नेपाली मन्च युरोपका सदस्य केदार थपालिया, एन पि पि एफ युके ( माओबादी केन्द्र युके ) का उपाध्यक्ष फूल प्रसाद कंडेल, चाल्टन समाज युकेकी उपाध्यक्ष सिता अर्याल, गोर्खा क्रिकेट क्लबका म्यानेजर सौरभ सापकोटा तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो |

चितवन समाज युकेका अध्यक्ष शालिक सापकोटाले चितवन समाज युके बेलायतमा बसोबास गर्ने  चितौनेहरुको सुखदुखमा साथ दिने सामाजिक संस्था भएको बताउनु भयो | चितवन समाज युकेले गत बर्ष गोबिन्द सापकोटाको संयोजकतोमा Coventry मा बित्नु भएका राम सुबेदीको दाहासन्कारको लागि £1070 सहयोग, उपाध्यक्ष डिला गैरेको संयोजकतोमा Sunrise Financial Solutions का Mortgage advisor प्रेम गैरलाई निमन्त्रणा गरी मोर्गेज सम्बन्धि कार्यशाला गोष्ठीको आयोजना गरेको र युवा संयोजक  ब्रिहस्पती कंडेलको संयोजकतोमा गोर्खा क्रिकेट क्लब युकेलाई £1000 सहयोग गरिएको, तेस्तै उपाध्यक्ष नारायणी लामिछनेको संयोजकतोमा प्लमस्टेड लण्डनमा गत बर्षको तीज तथा दसैं तिहार शुभकामना साँझ कार्यक्रम गरिएको थियो | यसैगरि अर्को बर्षबाट उपाध्यक्ष शशान्क शर्माको सम्योजकतोमा चितवन समाज युकेको नेपाली पात्रो प्रकाशन गर्ने बताउदै, चितवन समाज युकेले गैर आवसीय नेपाली संघ युके र बेलायतका अन्य संघ संथाहरुसँग सहकार्य गरेर सामाजिक कार्यहरु गर्न तयार रहेको बताउनु भयो |

कार्यक्रममा नेपालबाट आउनु भएका लोकप्रिय दोहोरी गायक गायिका राजु परियार र शिला आलेको धमाकादार प्रस्तुतिले चितवनबासिहरु छमछमी नाचेका थिय | साथै कार्यक्रममा बहिनीहरु रोजी  शर्मा र सलिना न्यूरेले आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो| कार्यक्रमको अन्त्यमा चितवन समाज युके र गोर्खा क्रिकेट क्लबको लोगो भएको TShirt लोक गयक गायिका राजु परियार र शिला आलले प्रदर्शन गाराउनु भएको थियो | कार्यक्रममा केटरींगको ब्यवस्था सदस्यहरु खिमानन्द कंडेल र टिका न्यूरेले गर्नु भएको थियो | महासचिब खेम शर्माले लोकदोहोरी गायक राजु परियार र शिला आलेलाई सम्मान गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णमा कृतज्ञता ब्यक्त गर्नु भएको थियो

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja