सार्वजनिक यातायातको भाडा घट्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 17, 2023 17-Jul-2023, Mon
1 Min Read
Aa
public transportation

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (एपीएस) लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । एपीएसको कार्यान्वयनले पेट्रोल र डिजेल दुवैको मूल्य क्रमशः ६ र ४ रुपैयाँले घटाएको छ ।

एपीएसले डिजेल र पेट्रोलको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो ।

सोही आधारमा विभागले सार्वजनिक सवारीसाधनको भाडा २.१३ प्रतिशतले घटाएको हो ।

पहाडमा २.७८ प्रतिशत र तराईमा ३.०९ प्रतिशतले माल ढुवानी भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । जानकारी अनुसार यो आजैबाट लागू हुनेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja