नेपाल वायुसेवा सञ्चालक संघको पछिल्लो घोषणाअनुसार आन्तरिक उडानका लागि हवाई सेवा प्रदायकहरूले हवाई भाडामा समावेश गरी मूल्य अभिवृद्धि कर (भ्याट) उठाउन थालेका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई भ्याटमा दर्ता गराउन अनिवार्य गरेको निर्देशनपछि आजबाट यो परिवर्तन लागू भएको हो ।
संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बजेट वक्तव्यमा उल्लेख भएबमोजिम सरकारले आजदेखि हवाई भाडामा मूल्य अभिवृद्धि कर समावेश गर्ने प्रचलन लागु हुने हाम्रो संघसँग आवद्ध सबै वायुसेवा कम्पनीहरुलाई जानकारी गराउन चाहन्छौं ।
हवाई भाडामा भ्याट समावेश भएपछि यात्रुले आन्तरिक उडानको भाडामा अलिकति वृद्धि हुने अपेक्षा गरेका छन् ।


















प्रतिक्रिया दिनुहोस्