बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्ने ट्रकमा पुनः गरे अवरोध

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 18, 2023 18-Jul-2023, Tue
1 Min Read
Aa
vehicle stuck in banchare dadha landfill site

बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्ने ट्रकमा पुनः अवरोध गरेका छन् ।

सोमबार ल्यान्डफिलबाट केही किलोमिटरको दूरीमा करिब ५० फोहोर बोक्ने ट्रक रोकिएको थियो भने मंगलबार नगरको फोहोर व्यवस्थापनले उक्त क्षेत्रमा कुनै पनि ट्रक पठाएको छैन ।

बञ्चरेडाँडा र सिसडोलका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि फोहोर व्यवस्थापन संघले अदालतमा रिट दायर गरेको थियो ।

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने ट्रकबाट शुल्क उठाउने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै स्थानीयलाई अवरोध नगर्न आदेश दिएको थियो । तर अदालतको आदेशलाई बेवास्ता गर्दै स्थानीयवासीले लगातार दुई दिनदेखि यस्तो गरेका छन् ।

पटक पटक झुटो आश्वासन दिएर ठगिएको स्थानीयको आरोप छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja