विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाल १०३ देशमध्ये ९८औँ स्थानमा परेको छ ।
द हेन्ली पासपोर्ट इन्डेक्सले गरेको सर्वेक्षणमा देशकै सबैभन्दा धेरै अन अराइभल भिसाको आधारमा नेपाली राहदानी विश्वकै शक्तिशाली राहदानीको सूचीमा अन्तिमबाट आठौं स्थानमा परेको छ ।
द हेन्ली पासपोर्ट इन्डेक्सले विश्वका सबैभन्दा शक्तिशाली र सबैभन्दा कम शक्तिशाली राहदानीको नामसहित प्रकाशित गरेको प्रतिवेदनमा नेपालको राहदानीले ३८ देशमा मात्रै अन अराइभल भिसा पाउँछ ।
सूची अनुसार अफगानिस्तानको पासपोर्ट सबैभन्दा कमजोर रहेको छ । १०३ औं स्थानमा रहेको अफगान राहदानीले २७ देशमा मात्रै भिसा अन अराइभल पाउँछ ।
सूचीमा सबैभन्दा शक्तिशाली राहदानी सिंगापुरको छ । उनीहरुको राहदानीले १९२ देशमा अन अराइभल भिसा पाउँछ भने जर्मनी, इटाली र स्पेनले क्रमशः १९० देशमा अन अराइभल भिसा पाउँछन् ।
यो अध्ययन हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार अन्तर्राष्ट्रिय हवाई यातायात प्राधिकरण (IATA) को विशेष तथ्याङ्कमा आधारित छ। अध्ययनमा १९९ राहदानी र २२७ यात्रा गन्तव्य समावेश गरिएको बताइएको छ ।


















प्रतिक्रिया दिनुहोस्