सुन प्रकरण:- भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 20, 2023 20-Jul-2023, Thu
0 Min Read
Aa
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

राजस्व अनुसन्धान विभागले बुधबार गरेको विशेष छापा मार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको झन्डै सय १०० किलो अनुमानित सुन बरामद भएपछि भन्सार विभागले छानबिन थालेको छ ।

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । यस्तै सुन तस्कारीमा संलग्न ६ जना पक्राउ परेका छन।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja