नेपाली फुटबल स्टार सावित्रा भण्डारीलाई खेलकुद मन्त्रीबाट न्यानो बिदाइ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 20, 2023 20-Jul-2023, Thu
1 Min Read
Aa
sabitra bhandari

युवा तथा खेलकुदमन्त्री दिगबहादुर लिम्बुले युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने अवसर पाएकी सावित्रा भण्डारीलाई बधाई दिएका छन् ।

राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य भण्डारीले इजरायलको हापोल रानाना एसोसिएसन फुटबल क्लबबाट खेल्ने अवसर पाएकी छन् ।

भण्डारी युरोपेली क्लबमा अनुबन्ध गर्ने पहिलो नेपाली महिला हुन् । उनी अगस्टको पहिलो साता युरोप जाँदैछिन् ।

यसअघि भण्डारीले सेतु एएफसी र भारतको गोकुलम केरलाबाट लिग खेलिसकेकी थिइन् । उनी फरवार्ड पोजिसनमा खेल्छिन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja