त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सय किलो भन्दा बढी सुन बाहिरिएपछि अनुसन्धानको लागि भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका २ कर्मचारीलाई निलम्बन गरेको छ ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार भन्सारका जाँच पास अधिकृत सन्ताेष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको हो ।
छानबिनका लागी भन्सार एजेन्ट यादव पराजुलीलाई पनि निलम्बन गरिएको छ भने विभागले छानबिन समिती पनि बनाएको छ । घटनाको बारेमा राजस्व अनुसन्धान विभागले चिनिया नागरिक जीक्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्