एन आर एन ए बेलायतमा पुन प्रेम गाहा मगर निर्बाचित

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 23, 2023 23-Jul-2023, Sun
2 Min Read
Aa

गैर आवासीय नेपाली संघ संस्थापन बेलायतको ११ औ महाधिबेशन जुलाई २२ मा अल्डर सट एम्पायर हल बेलायतमा भब्यताको साथ सम्पन्न भएको छ । महाधिबेशनमा प्रमुख अतिथिको रुपमा एन आर एन ए बेलायतका पूर्व अध्यक्ष एबम आइ सिसि सल्लाहकार सदस्य योगेन क्षेत्रि उपस्थित हुनु भएको थियो भने कार्यक्रमको संचालन महासचिब प्रमिला लाबुंग राइ गर्नु भएको थियो|

केहि समय यता एन आर एन ए बेलायतमा १० औ अधिबेशन बाट निर्बाचित कार्य समिति दुइ समूहमा विभाजित भइ एक अर्कालाई आरोप प्रत्यारोप गर्दै दुइ वर्ष बिताएका दुवै समुहले आफु बैधानिक भन्दै दाबि गर्दै आएका छन् । यसै बीच गत महाधिबेशन बाट निर्बाचित अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा रहेको संस्थापन समितिले २० हजार ५६१ जना नया सदस्यता बनाउन सफल भएको जानकारी अधिबेशनमा गराउनु भएको छ भने यस ११ औ महाधिबेशन बाट पुन नया कार्य समितिमा प्रेम गाहा मगरको अध्यक्षतामा ५१ जनाको कार्कारिणी सदस्यहरु सर्बसम्मतले निर्बाचित भएका छन।

नयाँ कार्यसमितिमा अध्यक्षमा गाहामगर र उपाध्यक्षहरुमा भरतमणि चोङवाङ, तिर्थबहादुर मल्ल, चम्पा थापामगर, नम्रता घले गुरुङ र अमृत घले निर्बाचित हुनु भएको छ भने महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा रविन गुरुङ, सहकोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राई हुनुहुन्छ।

सदस्यहरुमा धन तामाङ, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, बृहस्पति बराल मगर, सन्तोष पौडेल, एन्डी राई, खगेन्द्र थापामगर, तिर्थ थापा, असल लिम्बु र मेक्शी गुरुङ चयन हुनु भएको छ।

रोचक कुरा बेलायतमा सुनिल बाबु खड्का अध्यक्ष रहेको अर्को समुहले करिब ५००० सदस्यता बनाएको जानकारी गराउनु भएको छ भने हिजो अनलाइन मार्फत सम्पन भएको निर्बाचन बाट हितकाजि गुरुङ अध्यक्ष पदमा निर्बाचित हुनु भएको जानकारी प्राप्त भएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja