धनुषाको नेपाल–भारत सीमा क्षेत्रमा शनिबार राति एक महिलाको गोली हानी हत्या भएको छ ।
धनुषाको मुसहरनिया गाउँपालिका वडा नं २ बेलही मुखियापट्टीमा एक ३५ वर्षीया महिलाको अज्ञात समूहले गोली हानी हत्या भएको छ ।
जानकारी अनुसार गोली लागेर मृत्यु भएकी महिलाको परिचय खुल्न सकेको छैन ।
स्रोतका अनुसार दुईजना मोटरसाइकलमा आएर अज्ञात व्यक्तिले घटनास्थलबाट भाग्नुअघि दुई राउण्ड गोली प्रहार गरेको पत्ता लागेको थियो ।
भारतीय प्रहरीले शव पोष्टमार्टमका लागि लगेको छ । भारतीय प्रहरीसँगको समन्वयमा मृतक महिलाको पहिचानको प्रयास भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
नो म्यान ल्यान्डमा गोलीका खोपहरु फेला परेका छन् र घटनाबारे नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा थप अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्