जुम्लामा आगजनी गर्ने १० जना पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 23, 2023 23-Jul-2023, Sun
1 Min Read
Aa
आगलागी

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार १० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार घटनामा संलग्न रहेको आशंकामा १० जनालाई पक्राउ गरिएको छ । तर, प्रहरीले पक्राउ परेकाहरुको परिचय भने खुलाएको छैन ।

शनिबार बिहान २ बजे अज्ञात समूहले गुठीचौरमा ६ घर, चन्दननाथ नगरपालिकाको एक घर र पार्किङ गरेको ट्याक्टरमा आगजनी गरेको थियो ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार धवलपुर गाउँपालिकामा दुई, बाउली गाउँमा एक घर, धुडाखोज गाउँपालिकामा एक, माथिल्लो देहरबिजुर गाउँपालिकामा एक र खल्ला वडामा दुईवटा गरी सात घरमा आगजनी भएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja