नेपाली पौडी खेलाडी गौरिकाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 25, 2023 25-Jul-2023, Tue
1 Min Read
Aa
gaurika singh

जापानको फुकुओकामा जारी २० औं विश्व एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

नेपाल पौडी संघका अनुसार १३ औं सागमा ४ स्वर्ण पदक जितेकी गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेन्डको समय निकाल्दै आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

गौरिकाको यसअघिको कीर्तिमान भारतको गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेण्डको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja