नारायणघाट–मुग्लिन सडकखण्डको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलोस्थित पुलमा दुर्घटना भएको हो ।
नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक पुलमा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका मध्ये चालक र एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य घाइते भएका छन् ।
घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


















प्रतिक्रिया दिनुहोस्