अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखमा नियुक्त गरेको छ ।
एक सय केजी सुन तस्करी प्रकरणमा पूर्व भन्सार प्रमुख अरुण पोखरेललाई बर्खास्त गरी पाण्डेलाई जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।
आइतबार महानिर्देशकका रुपमा कार्यरत पाण्डेलाई राष्ट्रिय कार्मिक अभिलेख विभागबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो ।
साउन २ गतेदेखि बिदामा रहेका पोखरेल आफ्नो कार्यकालमा सय केजी सुन तस्करी प्रकरणपछि बर्खास्त भएका छन् ।
२०२२ डिसेम्बर २५ गते विमानस्थलबाट भ्यापमार्फत साढे नौ किलो सुन तस्करी भएको विषयमा प्रहरीले अनुसन्धान थालेपछि उनी बिदामा छन् ।


















प्रतिक्रिया दिनुहोस्