पार्किङमा राखेको बसमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौंमा १३ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा नागार्जुन नगरपालिका-२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
महर्जनले असार ३० गते नागार्जुन-४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसको नम्बर खुलेको छैन ।


















प्रतिक्रिया दिनुहोस्