कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ काहुनखोलास्थित विजयपुर खोलामा फसेका चार जनाको गएराति सशस्त्र प्रहरी बलको टोलीले सकुशल उद्दार गरेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन बोरिङ खानेपानी ट्याङ्कीमा सोही जिल्लाका २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदीप गुरुङ, २८ वर्षीय अर्जुन विक र १९ वर्षीय क्षितिज नेपाली फसेका थिए ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलका इन्स्पेक्टर दिलकुमार श्रेष्ठले तत्कालै कालिका–२४ कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली उद्धारका लागि खटाए ।


















प्रतिक्रिया दिनुहोस्