सर्वोच्च अदालतले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू नगर्न सरकारलाई आइतबार अन्तरिम आदेश दिएको छ ।
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)ले दायर गरेको रिट निवेदनमा अदालतले यस्तो आदेश दिएको हो ।
न्यायाधीश अनिलकुमार सिंहको एकल इजलासले यस्तो आदेश जारी गर्दै सरकार पक्षलाई पनि छलफलका लागि बोलाएको हो ।
हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध नाट्टाले साउन १ गते सर्वोच्चमा परमादेश मागेको थियो ।
आर्थिक वर्ष २०२३/२४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले हवाई टिकटमा भ्याट लागु गर्ने घोषणा गरेका थिए ।
हवाई टिकटमा हालै लगाइएको भ्याटको नकारात्मक असर पर्यटन व्यवसायमा पर्न सक्ने भन्दै पर्यटन व्यवसायी चिन्तित छन् । यो करको भार ट्राभल कम्पनी र यात्रु दुबैले बेहोर्ने अपेक्षा नाट्टाले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्