पेट्रोल तथा डिजेलको मूल्य बढ्यो, ग्यासको घट्यो

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 1, 2023 01-Aug-2023, Tue
1 Min Read
Aa
petrol

भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको हो ।

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja