पुरानै मूल्यमा चामल बेच्न सरकारको निर्देशन, मुल्य बढाए कारबाही हुने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 2, 2023 02-Aug-2023, Wed
1 Min Read
Aa
rice

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ ।

केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आएपछि विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

भारतले चामल प्रतिबन्ध लगाउनु अघि भण्डारणमा रहेको चामल बजारमा बेचबिखन गर्न पठाउँदा साबिककै मूल्यमा बेच्न विभागले निर्देशन दिएको छ ।

यदि कसैले बढी मूल्य लिएको पाए उपभोक्तालाई पनि विभागलाई जानकारी गराएर सहयोग गर्न आग्रह गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja