उनले आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् ।
सार्वजनिक यातायातमा महिलाहरुले भोग्दै आएको समस्यालाई मध्यानजर गर्दै निःशुल्क बसको अबधारणा ल्याएको उनको भनाइ छ ।
ब्लु बस नाम राखिएको बस निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न रुटमा चल्नेछ भने पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिएको छ ।
बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुनेछ भने उनलाई पत्र पठाउन चाहने महिलाहरुका लागि बक्स समेत राखिनेछ ।
बस सेवालाई अझ प्रभाबकारी बनाउन स्थानिय निकायसँग समन्वय गर्न पनि तयार रहेको उनको भनाइ छ ।


















प्रतिक्रिया दिनुहोस्