नेपालले भदौ १९ र २० गते काठमाडौंमा एसिया रग्बी यू–२० पुरुष र महिला सेभेन्स आयोजना गर्ने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 3, 2023 03-Aug-2023, Thu
1 Min Read
Aa
नेपाल रग्बी

नेपालले अगस्ट १९ देखि २० सम्म “एशिया रग्बी यू२० पुरुष र महिला सेभेन्स” आयोजना गर्दैछ। नेपाल रग्बी संघ (एनआरए)को आयोजनामा ​​हुने प्रतियोगितामा पुरुषतर्फ सात देश र महिलातर्फ तीन देशको सहभागिता रहेको छ ।

पुरुषतर्फ नेपाल, भारत, थाइल्याण्ड, चाइनिज ताइपेई, हङकङ र उज्वेकिस्तान तथा महिलातर्फ नेपाल, थाइल्याण्ड र मलेसियाले सहभागिता स्रोतले जानकारी दिएको छ ।

विजेता टोलीले एसिया रग्बी ट्रफी जित्नेछ। प्रतियोगिता आयोजना हुने स्थान काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला रहेको र लागत करिब ७२ लाख रुपैयाँ अनुमान गरिएको छ । सहभागीहरुको बन्द तालिम पोखरामा चलिरहेको खेल आयोजकले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja