पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन ।
इस्लामावादस्थित एउटा अदालतले उनलाई भ्रष्टाचारको मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएपछि उनकै निवासबाट पक्राउ गरिएको हो ।
राज्यका उपहारहरू विक्री गर्दा आफूलाई प्राप्त भएको आम्दानी घोषणा नगरेकोमा उनलाई दोषी करार गर्दै तीन वर्षको जेल सजाय सुनाइएको हो ।
पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई भनेका छन्, “मेरो मात्रै एउटा अपिल छ, चुप लागेर घरमा नबस्नुस् ।”
खानले आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका छन। अब पाकिस्तानको कानुन अनुसार उनले पाँच वर्षसम्म चुनावमा भाग लिन पाउने छैनन ।


















प्रतिक्रिया दिनुहोस्