राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा यही १७ साउनदेखि सन्चालनमा ल्याएको “मोबाइल क्लिनिक” मा सन्चालनमा ल्याएको एम्बुलेन्स अन्तत: विवादमा परेको छ ।
सेवाका लागि सन्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स भारतीय दूतावासले आजभन्दा ११ वर्ष अगाडि पुरानो मेडिकल कलेज दिएको खुलेपछि विवाद उत्पन्न हुँदा रास्वपाले सो एम्बुलेन्स मेडिकल कलेजलाई नै फिर्ता गरेको छ ।
एम्बुलेन्स गैरकानुनीरूपमा रङ परिवर्तन गरेको र एम्बुलेन्स लेखेको मेटाएर “मोबाइल क्लिनिक” लेखेको भन्दै विवादमा परेको थियो ।
पार्टी सभापति रबि लामिछानेले चितवन क्षेत्र नं. २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा उक्त एम्बुलेन्स गत साउन १४ गते जरिवाना तिरी नवीकरण गरेर “मोबाइल क्लिनिक” को घोषणा गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्