चितवनमा रास्वपाको “मोबाइल क्लिनिक” निरन्तर

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 7, 2023 07-Aug-2023, Mon
1 Min Read
Aa
mobile clinic

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ ।

पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्को एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ ।

रास्वपा सभापति लामिछाने चितवन क्षेत्र नं २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रङगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्यायएको थियो ।

लगत्तै भारत सरकारले कलेजलाई निःशुल्क उपलब्ध गराएको एम्बुलेन्स दललाई दिएको भनि आलोचना भएपछि गत शुक्रबार रास्वपाले एम्बुलेन्स फिर्ता गरेको थियो ।

जिल्लाको जुगेडी क्षेत्रमा मोबाइल क्लिनिकमार्फत सेवा प्रदान गरिरहेको सिग्देलले बताउनुभयो । उहाँले ६५ वर्षभन्दा माथिको उमेरका बिरामीका लागि छिट्टै दुई मोबाइल क्लिनिक सञ्चालन गरिने जानकारी दिनुभयो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja