प्रतिकूल मौसमका कारण मंगलबार पोखरा विमानस्थलका सबै उडान प्रभावित भएका छन् ।
अविरल वर्षाका कारण पोखराका लागि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)ले जनाएको छ । त्यसैले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा यात्रु अलपत्र परेका छन् ।
खराब मौसमका कारण भरतपुर विमानस्थलबाट पनि उडान हुन सकेको छैन । जनकपुर विमानस्थलमा बिहानैदेखि उडान प्रभावित भएपनि अहिले नियमित उडान सुरु भएको छ ।
अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् ।


















प्रतिक्रिया दिनुहोस्