फिफा विश्वकप छनोटअघि नेपालले म्यानमारसँग खेल्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 8, 2023 08-Aug-2023, Tue
1 Min Read
Aa
nepal football team

फिफा विश्वकप छनोटमा लाओससँग खेल्नुअघि नेपालको राष्ट्रिय फुटबल टोलीले म्यानमारसँग खेल्नेछ ।

पुरुष राष्ट्रिय टोलीले सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

खेलहरु म्यानमारको याङ्गुनमा हुनेछन् ।

मैत्रीपूर्ण खेलपछि नेपालले अक्टोबर १२ र १७ गते नेपालले लाओससँग खेल्नेछ ।

नेपालले दोस्रो चरणमा प्रवेश गरेमा नेपालले दोस्रो चरणको समूह एच मा रहेको युएई, बहराइन र यमन र श्रीलंकाको विजेतासँग खेल्नेछ । दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ देखि जुन २०२४ सम्म होम एन्ड अवे ढाँचामा खेलाइनेछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja