आज नारायणी, महाकाली र बबईको तराईको क्षेत्रमा जलसतह केही घटबढ भएपनि सतर्कता तह आसपासनै हुने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागको बाढी पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज, भोली र पर्सी कोशी, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र यसका सहायक नदीमा जलसतह केही घटबढ भएपनि सतर्कता तह भन्दा तलै रहनेछ ।
त्यस्तै आज ताप्लेजुङ्, ईलाम, पाचथर, झापा , मोरङ , सुन्सरी, सप्तरी , सिराहा , धनुषा , रोल्पा , रामेछाप , सिन्धुपाल्चोक , नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प) , रुपन्देही, कपिलबस्तु , प्युठान , दाङ , बर्दिया , बाके , कैलाली, कंचनपुर , डोटी , डढेल्धुरा , बैतडी , दार्चुला र आसपास भई बग्ने साना नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकोले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्