काठमाडौ महानगरले हनुमान ढोका दरबार परिसरमा निम्न कार्यहरू गर्न रोक लगाएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 11, 2023 11-Aug-2023, Fri
1 Min Read
Aa
hanuman dhoka durbar square

काठमाडौ महानगरले हनुमान ढोका दरबार परिसरमा निम्न कार्यहरू गर्न रोक लगाएको छ :

१. यस क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न नपाइने ।

२. पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न नपाइने ।

३. यस परिसर भित्र माग्ने कार्य गर्न नपाइने ।

४. चिया, मकै बेच्न नपाइने ।

५. रातको समयमा दरवार परिसरमा सुत्न, बास बस्न नपाइने ।

६. खेलकुद जन्य कुनै पनि गतिविधि गर्न नपाइने ।

७. पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्न नपाइने ।

८. चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरु सम्बन्धित निकायको अनुमति बिना गर्न/गराउन नपाइने ।

९. कुनैपनि राजनैतिक सभा, सम्मेलन एवं कार्यक्रम गर्न नपाइने । स्थानीय संस्कृति एवं दरवार क्षेत्र लक्षित परम्परागत कार्यक्रमका लागि महानगरको पूर्व स्वीकृती चाहिने ।

१०. प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरु गर्न नपाइने ।

उक्त कार्य गरिएको भेटिएमा जरिवाना वा दण्ड समेत लाग्ने महानगरले जनाएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja