खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान पनि प्रभावित

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 13, 2023 13-Aug-2023, Sun
1 Min Read
Aa
bad weather condition

नेपालमा खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएका छन् ।

नयाँदिल्लीबाट काठमाडौंका लागि उडेको इन्डियन एयरलाइन्सको विमान वाराणसीतर्फ डाइभर्ट गरिएको छ । मौसम सफा भएपछि उडान काठमाडौंका लागि उड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले बताए ।

त्यसैगरी चीनबाट नेपाल आउन लागेका दुईवटा उडान स्थगित गरिएको अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकूल मौसमका कारण सिचुवान एयरलाइन्स र एयर चाइनाले नेपाल उडान नगर्ने निर्णय गरेका छन् ।

भुटान जाने उडान पनि प्रभावित भएको छ । गन्तव्य विमानस्थल प्रभावित नहुँदा पनि मौसम खराब भएका कारण उडान प्रभावित भएको टिआइएले जनाएको छ ।

प्रतिकूल मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja