‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गरिने

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 14, 2023 14-Aug-2023, Mon
1 Min Read
Aa
cristal

गोरखा नगरपालिका–७, सतिपीपलस्थित चन्द्रमान शाहीको घरबाट बरामद गरिएको टल्कने ढुङ्गा ‘क्वार्ज किष्टल’ गोरखा दरबार परिसरमा भगवती शिलाका रुपमा प्रतिस्थापन गर्ने निर्णय भएको छ ।

अलौलिक शिलालाई बरामद गरिएको घरका परिवारले परापूर्वकालदेखि कूल देवता मानेर पूजा गर्दै आएको र गोर्खाली जनताले पनि यसलाई शक्तिको प्रतिकका रुपमा लिएकाले जिल्ला बाहिर नपठाइने भएको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरसहित जनप्रतिनिधि तथा जिल्लाभित्रका १७ वटाभन्दा बढी सङ्घसंस्था, घरधनी र बुद्धिजीवीको आइतबार सर्वपक्षीय बैठक बसेर ‘क्वार्ज किष्टल’ लाई गोरखामै राख्ने निर्णय गरेको हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja