एसिया कपका लागि क्यानले १७ सदस्यीय टोलीको घोषणा गरेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 15, 2023 15-Aug-2023, Tue
1 Min Read
Aa
नेपाली क्रिकेट टोलि

नेपाल क्रिकेट संघले एसिया कपका लागि अन्तिम टोलीको घोषणा गरेको छ ।

क्रिकेट टोलीले अगस्ट ३० मा मुल्तानमा आयोजक पाकिस्तानको सामना गर्ने छ भने सेप्टेम्बर ४ मा क्यान्डीमा भारतसँग खेल्न श्रीलंका जानेछ ।

टोली पाकिस्तानमा एक साता लामो तयारी शिविरमा जाने क्यानले जनाएको छ । पाकिस्तानमा, नेपालको क्रिकेट टोलीले प्रशिक्षण र विभिन्न पीसीबी द्वारा तोकिएको टोलीसँग खेल खेल्नेछ ।

टोली:

रोहित पौडेल (क), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, सोमपाल कामी, आरिफ शेख, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja