हिमालयनजेट को लन्डन देखि सिधा नेपाल को टिकट बुकिंग चाडै खुल्ला हुँदै ।

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 15, 2023 15-Aug-2023, Tue
2 Min Read
Aa

हिमालयन जेट का अनुसार, लन्डन बाट लामो दुरीको सिधा उडान संचालन गर्ने लक्ष्य राखेर लन्डनमा स्थापन भएको एयर लाइन्स कम्पनि हिमालयन जेट ले चाडै टिकट बूकिंग खुल्ला गर्ने जानकारी आफ्नो वेबसाइट अनि फेसबुक पेज मार्फत जानकारी गराएको छ। एयर्लाइन्सका अनुसार उडानका लागि आबस्यक सबै प्रक्रिया पुरा भैसकेको छ र भाडा दरमा अन्य भन्दा तिस प्रतिशतले सस्तो पर्ने पनि जानकारी दिएको छ ।

खासगरी युरोप -अमेरिका अनि युरोप -एसिया सिधा उडान नभएका हरुमा सिधा उडान गर्ने जनाएको छ। फलस्वरूप युरोप देखि नेपाल जाने पर्यटक हरुले सस्तो र सजिलो तरिकाले हवाई उडान सेवा पाउनेछन र आगामी दिनमा पर्यटक को आगमन पनि बढ्ने अनुमान लाउन सकिन्छ। अर्को तिर अहिले युके बासि नेपाली हरुका लागि पनि अत्यधिक खुसीको एबम चासोको बिसय बनेको छ र प्रतिक्ष्य गरिरहनु भएको छ। पहिलो कुरा सिधा उडान भएसी कुनै झन्झट बीच मा नहुने, अर्को भाडा पनि सस्तो पर्ने भनिएपछि झनै उन्सुकताका साथ हेरिएको छ। एयर्लाइन्स ले दिएको जानकारी अनुसार टिकट बूकिन्ग चाडै खुल्ने र बूकिन्ग को लागि ट्राभल एजेन्सी हरु संग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

नेपाली मुलका दिपेन्द्र गुरुङ सी इ ओ रहेको यस कम्पनीले नेपाल लाइ पनि उडानमा प्रमुख गन्तब्य को लागि समाबेश गरिनु नेपाल र नेपाली हरुका लागि निस्चय पनि खुसि कुरा हो अझ नेपाली नाम बाट नै एयर लाइन्स संचालन गर्नुले सम्पूर्ण नेपाली हरुको लागि गर्ब को बिसय हो। भबिस्यमा नेपालको पर्यटनको प्रबर्दन र अर्थतन्त्र सबल बनाउनको लागि यस कम्पनीले महत्वपुर्ण योगदान दिने आशा गर्न सकिन्छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja