टिकौलीमा ४ वटा सवारी एक आपसमा ठोक्किए, २० जना घाइते

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 16, 2023 16-Aug-2023, Wed
1 Min Read
Aa
Tikauli accident

चितवनको टिकौली जंगलमा ४ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् ।

बुधबार टिकौली जंगलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोड कलेजको बसले बिपरित दिशाबाट आउदै गरेको ना २ च ८४४६ नं.को लाश बोकि देवघाट तर्फ जादै गरेको बलेरोलाई ठक्कर दिई बा.प्र.०६–००१प ९९८१, बा.प्र.०३–००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३–००१प ४१४७ मो.सा.हरु , बा.प्र.०६–००१प २२९४ र बा.प्र.०३–००२प ४१९८ नं.को स्कुटर सहित एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा २० जना घाइते भएका छन भने बस चालक नवलपुरका बर्ष २६ का आशिष परियार प्रहरीको नियन्त्रणमा रहेका छन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja