चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई एशियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मानित गर्न लागिएको छ ।
दुबईस्थित म्यूजियम अफदि फ्युचर भवनमा अक्टोबर ७ मा एक भव्य समारोहमा चौधरीलाई यस अवार्डबाट सम्मानित गरिनेछ ।
समाज सेवामा उत्कृष्ट योगदान दिने हस्तिहरुलाई यो अवार्डबाट सम्मानित गरिन्छ ।
चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले नेपालमा सन् २०१५ मा गएको बिनाशकाती भुकम्पको समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण , सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण ,कोभिड महामारीमा वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण, कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरी हस्तान्तरण गरेको थियो ।
फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन,आध्यात्मिक एवं सम्पदा संरक्षण लगायतका काम गर्दै आएको छ ।


















प्रतिक्रिया दिनुहोस्