धादिङको फाजुरी–२ चालिसेमा आज बिहान ११ बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस सडकबाट तल खोलामा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैस्वारले १५ जनाभन्दा बढी घाइते यात्रुको उद्धार गरिएको जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेको संख्या भए पनि यकिन संख्या भने खुल्न सकेको छैन । जैस्वारका अनुसार उद्धार कार्य जारी छ ।
बस म्याग्दी कोरला बस कम्पनीले सञ्चालन गरेको थियो । कम्पनीका अध्यक्ष मोहन केसीका अनुसार ३२ सिटको उक्त बस २० यात्रु लिएर बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।
त्यसमध्ये बेनीका ६ जनाले टिकट लिएका थिए । अन्य यात्रु पोखरा, पर्वत, बाग्लुङलगायत सहरका थिए । केसीले आठ यात्रुको ज्यान गएको भनिए पनि आफु निश्चित नभएको बताए ।
टिकट काटेका बाहेक अरु यात्रुबारे जानकारी छैन,’ अध्यक्ष केसीले भने, ‘रासमा अरु यात्रु थपिएका छैनन् । उनका अनुसार यो बसको विशेष क्षमता ३२ सिट रहेको छ । तर, यात्रुलाई सहज यात्रा गर्न कम्पनीले सिट संख्या २३ मा सीमित गरेको उनले बताए ।


















प्रतिक्रिया दिनुहोस्