ग्रीनक्रस अस्पतालबाट शिशु बेपत्ता प्रकरण : डाक्टरले बेचेको पुष्टि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 23, 2023 23-Aug-2023, Wed
1 Min Read
Aa
child

विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता पारिएकी शिशु फेला परेको छ । अस्पतालबाट अविवाहित युवतिबाट जन्मिएको उक्त शिशु (छोरी) लाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) समेत रहेका डाक्टर तपेश्वरलाल कर्णले निःसन्तान दम्पतीलाई बचेको पुष्टि भएको हो ।

डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई बचेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

१० बर्षदेखी निसन्तान रहेकी दिलमायाले ५० हजार रुपैयाँ दिएर अस्पतालबाट शिशु लगेको प्रहरीसमक्ष बयान दिएकी छिन।ग्रीनक्रस अस्पतालबाट नाटकीय ढंगबाट बच्चा बेपत्ता बनाएको आरोपमा अस्पतालका डाक्टर कर्ण र बच्चाका बुवालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

बच्चाकी आमले आफुलाई थाहा नै नदीइ युवकले बच्चा बेपत्ता पारी होटलमा लगेर राखेको र फर्केर नपाए पछि युवती प्रहरीको शरणमा पुगेकी थिइन ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja