हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 27, 2023 27-Aug-2023, Sun
1 Min Read
Aa
nepali mahila cricket team

मलेसियामा जारी टी–ट्वान्टी महिला चतुर्भुज सिरिजमा नेपालले हङकङलाई डीएलएस विधिबाट १३ रनले पराजित गरेको छ ।

वर्षाका कारण नेपालले २५ रनको बराबरीमा १३ रन बनाएर खेल जारी राख्न नसकेपछि च्याम्पियन घोषित भएको थियो ।

फाइनल सहित शृंखलाका पाँच खेलमध्ये नेपालले हङकङलाई दुई पटक र कुवेतलाई एक पटक पराजित गर्दै चार खेल जितेको थियो । शुक्रबार भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको हो ।

नेपालले अब अगस्ट ३१ देखि मलेसियामा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेल्ने तयारी गरेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja