नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महिनाको अन्तरालपछि ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान सुचारु गरेको छ ।
वर्षायाममा प्रतिकूल मौसमका कारण निगमले असार ७ गतेदेखि ताप्लेजुङको उडान स्थगित गरेको हो ।
सोमबारदेखि नियमित उडान सुरु भएको सुकेटार विमानस्थलका प्रमुख सचिन तिवारीले जानकारी दिए ।
उडान तालिका अनुसार निगमले विगतमा जस्तै हप्ताको तीन दिन सोमबार, बिहीबार र शनिबार काठमाडौं–सुकेटार रुटमा सेवा प्रदान गर्ने जनाएको छ । करिब १,८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलले मनसुनमा प्रायः भिजिबिलिटी चुनौतीहरूको सामना गर्छ ।


















प्रतिक्रिया दिनुहोस्