बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ अप्रत्याशित रकमसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
जानकारी अनुसार दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।
विमानस्थलमा नियमित चेकजाँचका क्रममा सापकोटाले बोकेको झोलाबाट उक्त रकम बरामद भएको स्रोतले जानकारी दिएको छ ।
जानकारी अनुसार सापकोटा सो रकम लिएर नेपालगञ्जबाट श्री एयरलाइन्सको विमानबाट काठमाडौं जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।


















प्रतिक्रिया दिनुहोस्