सरकारले काठमाडौं उपत्यकामा पहिलो पटक एक्सप्रेस बस सेवा सुरु गरेको छ ।
संविधान दिवसको अवसरमा बिहान ९ बजे काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
एक्सप्रेस बस सेवा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालनमा छ । भोलिदेखि एक्सप्रेस सेवाका बस सर्वसाधारण यात्रुका लागि मात्र चल्ने बताइएको छ ।
यात्रुका लागि एक्सप्रेस बस सेवा भदौ २१ गते बिहीबारदेखि मात्र सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिनुभयो ।


















प्रतिक्रिया दिनुहोस्